Wednesday 26th of June 2019

छोरीको शरीरको विकास नभएपछि मातापिताले डाक्टरकहाँ लगे, डाक्टरले तुरुन्त पुलिस बोलाए

मेलबर्न। अस्ट्रेलियामा एक दम्पतीकी २ वर्षकी छोरीको शरीरको विकास भइरहेको थिएन । उनीहरुले छोरीलाई लिएर डाक्टरकहाँ गएका थिए । तर, डाक्टरले पुलिस बोलाएर मातापितालाई नै जेल पठाइदिए ।

डाक्टरले सुरुमा बालिकाको जाँच गरे त्यसपछि मातापितासँग कुरा गरे । कुराकानीका क्रममा यस्तो कुरा खुल्यो कि डाक्टरले पुलिस बोलाएर मातापितालाई नै जेल पठाएका हुन् ।

बालिकाको अवस्था देखेपछि डाक्टरले उनले दैनिक दिइने खानेकुराको बारेमा सोधेका थिए । पहिले त उनीहरुले भने कि उनीहरुकी छोरी खाना खान निकै नखरा गर्छिन् ।

पछि डाक्६रले सोधे के उनीहरु खासमा छोरीलाई के खुलाउँछन् । उनीहरुको जवाफ सुनेपछि डाक्टरको होस उड्यो । खासमा उनीहरु भिगन डाइट फलो गरिरहेका थिए ।

यस्ता व्यक्तिहरु जनावरको दूध वा मासुबाट बनेका कुनै पनि कुराहरु प्रयोग गर्दैनन् । यही कारण उनीहरुले छोरीलाई पनि आफूहरुजस्तै खाना खुवाइरहेका थिए ।

दूधजन्य पदार्थ पूरै बन्द भएपछि बालिकाको शारीरिक विकास पूरै रोकियो । डाक्टरले जाँचमा थाहा पाए कि उनको हड्डीहरु भिटामिन र खनिजको कमीका कारण यति कमजोर भएका थिए कि तिनीहरु फ्रेक्चर हुन थालिसकेका थिए ।

डाक्टरले जब मातापिताकै कारण बालिकाको यो हाल भएको थाहा पाए त्यसपछि उनीहरुलाई सनकी भन्दै पुलिस बोलाएर पुलिसको जिम्मा लगाइदिए ।

अनुसन्धानमा उनीहरुलाई छोरीको ज्यान खतरामा पारेको दोषी पाइएको छ । उनीहरु हिरासतमा छन् र उनीहरुको सुनुवाइ १६ जनवरीमा हुँदैछ । अदालतले उनीहरुलाई ६ महिना जेल पठाउने सम्भावना बलियो छ । बालिकालाई डाक्टरको निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्