Thursday 27th of June 2019

यस्ताे बन्दैछ मोदीको बायोपिक

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ । बलिउड अभिनेता विवेक ओवरायले मोदीको भूमिका निर्वाह गर्ने यो चलचित्रको फस्टलुक विभिन्न २३ भाषामा सार्वजनिक गरिएको छ ।

सार्वजनिक फस्टलुक हेर्दा विवेक नै हुन् भनेर चिन्न निकै मुस्किल पर्छ । पोस्टरमा लेखिएको छ, ‘देशभक्ति नै मेरो शक्ति हो ।’ चलचित्रमा प्रधानमन्त्री मोदीको जीवन संघर्षलाई समेटिने जनाइएको छ । उनले चिया बेच्दादेखि भारतको राजनीतिको शक्तिशाली पदमा पुग्दासम्म गरेको संघर्षको कथा चलचित्रमा देखाइनेछ ।

यो चलचित्रमा सुरुमा मोदीको भूमिकामा बलिउड कलाकार परेश रावललाई अफर गरिएको थियो । पछि यस भूमिकामा अभिनेता ओवरायलाई लिने तय गरियो । ओमंग कुमारले निर्देशन गरिरहेको यो चलचित्रले भारतीय राजनीतिलाई समेत केलाउने समीक्षकले विश्वास लिएका छन् । भारतमा लोकसभाको निर्वाचन नजिकिँदै जाँदा मोदीको बायोपिकमा चलचित्र बन्न लाग्नुलाई प्रचारको नयाँ तरिकाको रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्