Thursday 27th of June 2019

‘हृदयभरि’ मा पल

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हृदयभरि’ मा अभिनेता पल शाह मुख्य भूमिकामा देखिने भएका छन् । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले चलचित्रको घोषणा गर्दै पछिल्लो समय कुनै चर्चामा नरहेका अभिनेता पललाई मुख्य भूमिकामा प्रस्तुत गनिर लागिएको जानकारी दिए । राजधानी एक कार्यक्रमको आयोजना गर्दै उक्त चलचित्रको कास्ट एन्ड क्रियु सार्वजनिक गरियो । चलचित्रमा पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बू रहने बताइएको छ भने श्रद्धा क्षेत्रीले यसै चलचित्रबाट डेब्यु गर्दैछिन् ।

चलचित्रमा नीर शाह, सुनिल थापा, सलोन बस्नेत, निर्मल शर्मा, काश बाबु, अनुराग कुवँर लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई चन्दन शाह, निकेश लिम्बु तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरि लम्साल, दिपक शर्माको संगीत रहेको यो चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुसालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्