Thursday 27th of June 2019

‘सेक्सी देखिन कुर्था, लेहेङ्गा र सारी लगाउँछु’

काठमाडौ -अभिनेत्री जेबिका कार्कीको चर्चा चुलिएको छ । अभिनेत्री कार्कीको चर्चा चुलिएसँगै फिल्म ‘जय श्री दाम’ को पनि दमदार प्रचार भइरहेको छ । यो फिल्ममा उनी सङ्घर्षशील युवाको प्रेमिकाको भूमिकामा छिन् । अहिले फिल्म प्रचारका लागि दौडधूप चलिरहेको छ । भन्छिन्, ‘विभिन्न मिडियामा पुगेर अन्तरवार्ता दिइरहेकी छु । केही समयदेखि व्यस्त छु ।’

फिल्मले प्रेमकथाको अलवा सामाजिक विषय पनि समेटेको उनको भनाइ रहेको छ । ११ वर्षको उमेरमा ‘नटिप्नु हेर कोपिला’ बोलको गीतमा बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी उनले व्यावसायिक अभिनय यात्रा भने कान्तिपुर टिभीको ‘ह्वाट द फ्लप’बाट थालेकी हुन् ।

फिल्ममा डेब्यु गर्ने अवासर भने उनलाई ‘जन्मभूमि’ले दियो । त्यसपछि उनले ‘कारखाना’, ‘पर्व’मा अभिनय गरिन् । पुख्र्यौली घर ओखलढुङ्गा भएकी कार्कीको ‘जय श्री दाम’ चौथो फिल्म हो । हाल काठमाडौँ पेब्सिकोला बस्दै आएकी कार्की सेक्सी पहिरनमा पनि निकै ध्यान दिन्छिन् । भन्छिन्, ‘राम्री र सेक्सी देखिन कुर्था, लेहेङ्गा र सारी लगाउँछु ।’

प्रतिक्रिया दिनुहोस्