Thursday 27th of June 2019

भूमिहीनको लगत लिइने

काठमाडौं । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीनको लगत लिन लागेको हो ।

साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका हरुको लगत लिइने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

उहाँका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, बर्दिया, बाँके, कपिलवस्तु, दाङ र कन्चनपुर जिल्लामा पहिलो चरणमा भूमिहीनको लगत लिइने छ । भूमिहीनको लगत स्थानीय तहबाट गरिनेछ । १३ जिल्लापछि अरु जिल्लाको पनि लागत लिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्