Tuesday 15th of January 2019

सच्ची मैनाली संचारकर्मी मात्र होईन परोपकारकर्मी, बाजुराका अनाथलाई पाँच लाख सहयोग

न्यूयोर्क। ईनेपलिज डटकम बाट प्रसारण हुने चर्चित फेसबुक लाईभ कार्यक्रम “सच्चीको साथमा” का प्रस्तोता सच्ची मैनालीको सक्रियतामा उनको टीमले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ ।

उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी संचारकर्मी सच्ची मैनालीले दिएकि छन । अमेरिकाबाट ‘गो फण्ड’बाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट (ने.रू.४ लाख १३ हजार ७ सय ६४) संकलन भएको छ भने नेपालको सुदूर पश्चिम भेग बाजुराबाट मैनालीकै पहलमा नेपाली १ लाख रुपैयाँ संकलन भएको छ । उनले आफ्नै खल्तिबाट पनि रु. २१ हजार ९ सय पैंतालिस रकम थप गरेर तथा ‘गो फण्ड’ को खर्च कटाएर नेपाल पठाएकी छन ।

नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनालले नेपालको विकट जिल्ला बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको लागि आवश्यक आर्थिक सहयोग जुटाईदिन अनुरोध गरेपछि तत्कालै इनेप्लिज डट्कम अनलाईन मिडियाको “सच्चिको साथमा” टिमले निःस्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघि मात्र गो फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग संकलन अभियान थालिएको थियो ।

नेपाल र प्रवासको जल्दाबल्दा समसामयिक विषयहरुमा सम्बन्धित ब्यक्ति ब्यक्तित्वहरुसंग गरिने उनका अन्तरक्रियात्मक बहस कार्यक्रम नेपाली समुदायहरुमा निकै लोकप्रिय रहेको छ । संचारकर्म संगसंगै समुदायको परोपकार कर्ममा पनि उनको योगदानको व्यापक चर्चा हुने गरेको छ । यस अघि पनि उनले सहयोग गर्नैपर्ने अमेरिकी प्रवासमा केही नेपालीहरुको निम्ति सहयोग जुटाउने काम गरेका उदाहरणहरु धेरै रहेका छन ।

प्रतिक्रिया दिनुहोस्