Wednesday 26th of June 2019

सुशासनको नारा बोकेको सरकार भ्रष्टाचारमा लिप्त भएको सिंहको दावी

धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले सुशासनको नारा दिएर भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । सरकारले वाइडबडी खरिदमा भएको भ्रष्टाचार लुकाउन खोजीरहेको बताउँदै कांग्रेसका पूर्व महामन्त्री सिंहले जनतालाई सुशासनको नारा दिएर सरकार भने भित्रै भित्रै अरबमा भ्रष्टाचार गरिरहेको दावी गरेको हुन् ।

नेपाल प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले भने–‘संसदको अन्य समितिहरुले लेखा समितिको संयोजक्त्तवमा बनाएको उपसमितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यथार्थ विवरण उल्लेख गर्दा पनि सरकारले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न नसक्नु नै सरकार भ्रष्टाचारमा रुमलीएो प्रष्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस्