Sunday 24th of March 2019

काठमाडौंमा आईडीपीको सबैभन्दा ठुलो अष्ट्रेलियन शैक्षिक मेला हुँदै

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपीले अष्ट्रेलियन शैक्षिक मेला को आयोजना गरेको छ।

जनवरी १३ अर्थात पुष २९ गते बिहान लाजिम्पाटस्थित होटेल रेडिसनमा अस्ट्रेलियाका राजदूत पिटर बडबाट उद्घाटन हुने उक्त मेलामा अष्ट्रेलियाका ३० वटा शैक्षिक संस्था सहभागिता रहने छ । अष्ट्रेलियन शिक्षालाई प्रवर्धन गर्दै आएको आईडीपीले विद्यार्थीहरुलाई छात्रवृत्ति तथा फर्स्ट ह्याण्ड ईन्फरमेसन उपलब्ध गराउने जनाएको छ ।

मेलाको माध्यमबाट आईडीपीले विद्यार्थीहरुलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नेछ । साथै, अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागत लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने प्रआईडीपीले जनाएको छ ।

मेलामा आईडीपी नेपालले १० जना योग्य र महत्वाकाँक्षी विद्यार्थीहरुलाई अस्ट्रेलियन डलर ५०,०००, एक जना विद्यार्थीलाई अस्ट्रेलियन डलर ५,००० हुन आउने सम्मको आन्तरिक छात्रबृती सम्बन्धि जानकारी, तरिका र अन्य काउन्सेलिङ्गको जानकारी गराउने छ।

विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने सम्पूर्ण सेवा सुविधा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गर्नु मेलाको मूल उद्देश्य रहेको आईडीपी दक्षिण एसियाका क्षेत्रीय निर्देशक पियुष कुमारले बताएका छन्।

‘आईडीपीको अष्ट्रेलियन शैक्षिक मेलाले हरेक सहभागी विद्यार्थीलाई धेरै वटा शैक्षिक संस्थाका जानकारी दिने र ती संस्थाको शिक्षा नीति, भाषा, अध्ययनका लागि चाहिने न्यूनतम योग्यता, छात्रवृत्ति, भर्ना हुने समय, लागत खर्च लगायतका विषयमा प्रत्यक्ष जानकारी लिन सक्ने अवसर एकै ठाउँबाट प्रदान गर्ने छ।’- आईडीपी एजुकेसन स्टुडेण्ट सर्विसेस नेपालका कन्ट्री मेनेजर र अभिषेक श्रेष्ठले वताए । शैक्षिक मेलामा सहभागी हुने ३० वटा अस्ट्रेलियन शैक्षिक संस्थाहरुमध्ये तीन संस्थाहरु टाईम्स हायर एजुकेसन -याङ्ककिङ्ग (Times Higher Education Rankings)अनुसार विश्वका टप १५० शैक्षिक संस्थाहरु मध्ये पर्छन् भने १८ वटा विश्वका टप ५०० भित्र पर्ने आईडीपी एजुकेसन स्टुडेण्ट सर्विसेस नेपालका निर्देशक भुपेन्द्र सिटौला (निरज) ले जानकारी दिए।

के हो आईडीपी एजुकेसन ?

आईडीपी एजुकेसन अन्तराष्ट्रिय परामर्श सेवा प्रदान गर्ने क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको एक विश्वव्यापी परामर्श सेवा संस्था हो । आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित IELTS मा समेत स्वामित्व रहेको छ ।

११० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी शैक्षिक सेवा केन्द्रहरुको नेटवर्कको साथ आईडीपी ३२ भन्दा बढी देशहरुमा फैलिएको छ । आईडीपी एएसएक्स (अष्ट्रेलियन सेक्युरीटी एक्सचेन्ज)मा सूचीबद्ध कम्पनी पनि हो। जसमा ५० प्रतिशत अष्ट्रेलियन विश्व विद्यालयहरुको स्वामित्व रहेको छ ।

विगत ५० वर्षदेखि आईडीपीले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरी महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ । आईडीपीले हालसम्म ४ लाख भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया, यूके, यूएसए, क्यानडा, न्यूजील्याण्ड र हालै आयरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेको छ ।

यि हुन मेलामा परामर्श दिने अष्ट्रेलियाका ३० वटा शैक्षिक संस्था

प्रतिक्रिया दिनुहोस्