Sunday 24th of March 2019

पाँचथरमा पाँच पक्की पुल बन्दै

पाँचथर । जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा सडक पक्की पुल निर्माण हुने भएको छ । खनिएका कतिपय सडकहरू पुल अभावमा सञ्चालन हुन सकेका छैनन् । अब पालिकाका साना ठूला खोलाहरूमा धमाधम सडक पक्की पुल बन्ने भएपछि स्थानीय खुसी भएका छन् । पाँच ठाउँमा मैनाचरी निर्माण सेवा प्रालिले पुल निर्माण गर्ने भएको हो । तोकिएको समयमा काम सक्ने मैनाचरीका प्रोप्राइटर दिननाथ अधिकारीले जनाए ।

अधिकारीका आफ्नै डोजर र जेसिबी सडक निर्माणका लागि साधन पनि रहेका छन । फिदिम नगरपालिका रानिटार ,लुङरूपा ११ विचमा , फाल्गुनन्द पालिका १ र नवमीडाडा ३ सत्तेरूपा निवुखोला , याङवरक गाउपालिका १ ईवाखोला , कुम्वायक र तुम्वेवा गाउपालिका आङना, सावा खोला सेरामा र फालेलुङ गाउपालिका मच्छेबुङ हेवाखोलामा बन्दै गरेको जनाइएको छ ।

पुल निर्माणमा कुल २५ करोड लाग्ने प्रोप्राइटर अधिकारीले जनाए । अधिकारीले यसै आर्थिक बर्षमा निर्माणपुरा हुने जनाएका छन् । इलामबाट प्राप्त हुनेंंं रकमबाट इवाखोला र फेमे खोला, जिसस पाँचथरबाट हेवाखोला , त्यस्तै उत्तर दक्षिण गोलाखर्क सडक, ताप्लजुङबाट सावाखोलाको पुल निर्माण हुने छन् ।

प्रतिक्रिया दिनुहोस्