Wednesday 16th of January 2019

प्रधानसेनापति थापा भारतीय सेनाको मानार्थ महारथी

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सन् १०५० देखि दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्