Sunday 24th of March 2019

फ्रान्सको राजधानी पेरिसमा शक्तिशाली विस्फोट

काठमाडौं । फ्रान्सको पेरिसमा भएको एक शक्तिशाली विस्फोटमा परि २० जना भन्दाबढी गम्भीर घाइते भएका छन् ।

पेरिसको केन्द्र शहरमा भएको शक्तिशाली विस्फोटबाट घाइते भएकाको उद्धार उत्पन्न परिस्थिति नियन्त्रण ल्याउन आफूहरु प्रयासरत रहेको फ्रान्स प्रहरीले जनाएको छ । ग्यास विस्फोट स्थानिय समय अनुसार विहान ९ बजे भएको थियो । पेरिस सहरमा रहेको एक बेकरी क्याफेमा ग्यास चुहावटका कारण शक्तिशाल विस्फोटन हुन पुगेको प्रहरीको आशंका छ ।

विस्फोटका कारण शहर वरपर पार्किङमा राखिएका सवारी साधनहरु काम नलाग्ने भएका छन् भने अन्य भवनहरू क्षतिग्रस्त भएकाछन् । प्रहरीले समस्याग्रस्त क्षेत्रबाट मानिसहरूलाई टाढा रहन आग्रह गरेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्