Friday 22nd of February 2019

युवतीसँग सम्पर्क राख्न डिएसपी बनेपछि…..

काठमाडौं । भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ। युवतीसँग शारीरिक सम्पर्क राख्ने उद्देश्यका लागि थापाले त्यस्तो हर्कत गर्ने गरेको प्रहरी जनाएको छ ।

प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपाति होटेलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको कर्तुत बाहिरिएको हो । थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपाति होटलबाट पक्राउ गरेको हो । १४ दिन देखि उनी बोगटीको परिचयपत्रमा होटलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे। अनुसन्धानका लागि उनीहरुलाई बोलाएको भनेपछि होटेलवालाले यस विषयमा चासो दिएको थिएन आउने जानेमध्यकै एक युवती डिएसपीको शोषणमा परेको उजुरी परेपछि प्रहरीले उनलाई पक्रन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्