Tuesday 17th of September 2019

कर्तव्य ज्यान मुद्दामा फरार २० वर्षपछि पक्राउ

वीरगञ्ज । पर्साबाट प्रहरीले २० वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पर्साको छिपहरमाई गाउापालिका-२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।

कानु कर्तव्य ज्यान मुद्धाका फरार अयिभयुक्त हुन् ।

वि.स. २०५५ साउन २४ गते कर्तव्य गरी वारदात पश्चात फरार रहेका मिश्री साहलाई प्रहीले २० वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

साहलाई घरबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्