Saturday 22nd of February 2020

काठमाडौं उपत्यकामा ५२ बालबालिका हराए

काठमाडौं । पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल र साथी सङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताए ।

हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर, चार बालिका र ११ बालक अझै फेला नपरेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७४–७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए ।

हराउनेमा ४० बालक र ४३ बालिका थिए । हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो । साथै बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न सङ्घ संस्थाको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्