Tuesday 31st of March 2020

संवैधानिक परिषद्‍द्वारा यी पाँच आयोगको अध्यक्षका लागि नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

परिषद्को आइतबारको बैठकले प्राकृतिक तथा वित्त आयोग, समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको हो।

परिषद्ले प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुराम चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका पौडेल र सुवेदी पूर्व सचिव समेत हुन् ।

संविधानको धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन सम्बन्धी व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमुख नियुक्त गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्