Saturday 21st of September 2019

फुल्चोकी जंगलमा हराएका नुवाकाेटकी मल्लिका तामाङसहित तीनजनाको उद्धार

काठमाण्डौ । ललितपुरको फुल्चोकी जंगलमा हराइरहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । आइतबार दिउँसो फुल्चोकी जंगल घुम्न गएका नुवाकोट घर भई नयाँबजार काठमाण्डौ बस्ने १८ वर्षकी मल्लिका तामाङ, १७ वर्षकी मुस्कान तामाङ र महोत्तरी घर भई काठमाण्डौ क्षेत्रपाटी बस्ने १९ वर्षका अभिलेखप्रसाद साहको उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

फुल्चोकी घुम्न गएका उनीहरु हराएको सूचनापछि महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षक श्याम कुमार कटुवाल नेतृत्वको ९ जनाको टोली खटिएको थियो । उद्दार गरिएका तीनजनालाई अभिभावकको जिम्मा लगाइएको ललितपुर प्रहरीले जनाएको छ ।

यसअघि पुस २८ गते पनि गोदावरी नगरपालिका ३ फुल्चोकी जंगल घुम्न गएका १६ जना किशोर किशोरीलाई उद्धार गरिएको थियो । फुल्चोकी जंगल घुम्न जाँदा सावधानी अपनाउन ललितपुर प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्