Saturday 22nd of February 2020

रवि लामिछानेले गरे निकितासँग बिहे

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले विवाहसम्बन्धमा गाँसिएका छन् । उनीहरूले सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कोर्टम्यारिज गरेका हुन् ।

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।
रविको डिभोर्सले केही समयअघि निकै चर्चा पाएको थियो । उनकी पूर्व पत्नीले आफूलाई निकिताले समेत धम्काएको बताएकी थिइन् । रबि र निकिता केही महिनादेखि लिभिङ टुगेदरमा छन् ।

प्रतिक्रिया दिनुहोस्