Saturday 21st of September 2019

सेक्सको यो नयाँ तरिका, मानिसहरु रोबोटतर्फ आकर्षित !

काठमाडौं । जापानको टोक्योमा ३५ वर्षीय स्कूल प्रशासक अकिहिको कोन्डोले नोभेम्बरमा बिहे गरेका थिए । तर, उनी आमा यो बिहेमा सहभागी थिइनन्। उनकी आमाका लागि यो कुनै उत्सव थिएन । कारण स्पष्ट छ कोन्डाले एक होलोग्रामसँग बिहे गरेका थिए ।

कोन्डाले आफ्नो बिहेबारे प्रष्टिकरण दिँदै भने, यो कुनै स्टन्ट होइन । कैयौं वर्षसम्म गीक महिलाहरुसँग मिलेर थाकेपछि होलोग्रामसँग उनलाई साँचो प्रेम भयो ।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार यस्ता मानिसहरुको संख्या तिब्र रुपमा बढिरहेको छ, जो आफुहरुलाई डिजिसेक्सुअलका रुपा परिचित गराउन चाहन्छन् । डिजिसेक्सुअल अथवा वास्ताविक मानिसको सट्टा रोबोट र आर्टिफिशियल इन्टिेलिजेन्सतर्फ आकर्षित हुन्छ । हामी एक यस्तो युगमा बाँचिरहेका छौं, जहाँ रोबोटिक्स र आर्टिफिशियल इन्टेलिजेन्समा तिब्र रुपमा विकास भइरहेको छ ।

अर्कोतर्फ मानिसहरुको सेक्सुअल पहिचानको दायरा पनि फराकिलो भइरहेको छ । एक तर्फ मानिसहरु बनावटी रुपमा भावनात्मक र सेक्सुअल सम्बन्ध बनाइरहेका छन् । अर्कोतर्फ डिजिटल डिभाइस साइन्स फिक्शन मूभि जस्तै हाड–माशुबाट बनेका मानिस जस्तै वास्ताविक जस्तै देखिन्छन् ।

केही मासिहरु आफ्नो पहिचान पोलीमरसका रुपमा गराउँछन् भने केही डेमीसेक्सुअलका रुपमा । डेमीसेक्सुअल त्यस्ता मानिसहरुलाई भनिन्छm जसले केवल भावनात्मक सम्बन्धमा मात्र यौन सम्बन्ध बनाउने चाहाना महशुस गर्छन् ।

केही मासिहरु आफ्नो पहिचान एरोमेटिकका रुपमा गराउँछन् । एरोमेटिक त्यस्ता मानिसहरु हुन्, जो जसमा रोमान्सको इच्छा ै हुँदैन । अथवा अब सेक्सुअल पहिचानको दायरा निकै फराकिलो बनिरहेको छ ।

वास्तविक जीवनमा मानव र प्रविधिबीचको रोमान्सलाई पनि अब एक नयाँ नामा दिइएको छ–डिजिसेक्सुअल्स ।

२०१६ मा लिली नामकी एक फ्रेन्च महिलाले मीडियाँसको कुराकानीमा भनेकी थिइन्, ‘रोबोटतर्फमात्र आकर्षित छु । दुईजना पुरुषसँग रिलेशनसिपमा रहेपछि मलाई आफ्नो लभ ओरिएन्टेशनबारे थाहा भो । किनकी मलाई मानिसहरुसँग शारीरिक सम्पर्क गर्न राम्रो लाग्दैन ।’

२०१७ मा एक राम्राी श्रीमतिको खोजीमा असफल भएपछि चीनका झेंग जिजिया नामका एक इन्जिनियरले आफैले बनाएको एक रोबोटसँग बिहे गरे । यिनग्यिंग नामकी यो रोबोट केही सजिलो शब्द बोल्छ पनि ।

यूनिभसिंटी अफ मीटोबाका फिलोसफी एसोसिएट प्रोफेसर नील म्याकअर्थर र यूनिभर्सिटी अफ विक्सक्सिन स्टाउटका ह्यूमन डेभलोपमेन्ट एण्ड फ्यामिली स्टडीजका प्रोफेसर माकी ट्विस्टले गएको वर्ष द राइज अफ डिजिसेक्सुअलिटी शीर्षकमा एक पेपर प्रकाशित गरेका थिए । जसमाथि निकै चर्चा भएको थियो ।

लेखकहरुले डिजिसेक्सुअलिटीलाई दुई क्याटगोरीमा राखेका थिए । एक अनलाईन प्रोर्नग्राफी–हूकअप एप्स, सेक्सटिंग, इलेक्ट्रिनिक टोयज, जहाँ यौन सन्तुष्टिका लागि प्रविधि माध्यम थियो । अर्को बर्गमा भर्चुअल रियलिटी र रोबोट जस्ता वस्तुप्रति आकर्षित हुने मानिसहरु जसमा कैयौ पटक मानिसहरुलाई रियल लाइफ पार्टनरको आवश्यकता नै हुँदैन ।

डा. ट्विस्टले आफुसँग दोस्रो बर्गका विरामीहरु रहेको बताएका छन् । उनले ती डिजिसेक्सुअल्स विराीहरुको उमेर २०देखि ३० वर्ष रहेको समेत उनले बताए । उनी भन्छन्, कुनै पनि नयाँ प्रविधि आउँदा त्योसँगै नयाँ चेतना पनि आउने बताउँछन् । पहिला यस्तो प्रोनोग्राफीसँग भयो, त्युपछि इन्टरनेट डेटिंग र स्न्यापच्याट सेक्सटिंग । एक पछि अर्को प्रविधि आउँदा चिन्ताको लहर पनि बढ्यो । तर, जब मानिसहरुले यी प्रविधिको प्रयोग गरे ती हाम्रो जीवनको एक अंग बन्दै गए ।

क्यालिफोर्नियाको कम्पनी एबिस क्रिएशन यस्तै फीमेल रोबोट बनाइरहेको छ । जसमा अनुहार स्व्याप गर्न सकिन्छ । आर्टिफिशियल इन्टेलिजेन्सलेस यी डल्सलाई आँखा मार्न, च्याट र्ग र विस्तारै बोल्न सक्षम बनाउन लागिएको छ ।

कम्पनीका संस्थापक म्याट म्याकमुलेनले यी रोबोट यौन सन्तुष्टिका लागि मात्र नभएर मित्रताको खोजीलाई पूरा गर्ने माध्यम पनि हुन भन्दै यौन सन्तुष्टि त एक घटनामात्र भएको बताए । उनले जो मान्छे कामबाट थाकेर आउँछन् ती मान्छेहरुका लागि यी रोबोटले दिने सेवा एक फरक आनन्दायी हुने बताए ।

जो मान्छेहरुले यी डल्सलाई किन्न सक्दैनन्, उीहरुका लागि वेश्यालयहरुलाई रोबोटिक भर्जन बनाइएको छ । उदाहरणका लागि मस्कोमा एक रोबोट ब्रोदल छm जसमा सेक्सबोटसँग ३० मिनेट समय बिताउन ९० डलर तिर्नुपर्छ ।

प्रविधिको हेरक नयाँ सफलतासँगै साइबरसेक्स र रियलसेक्सबीचको फरकपन विस्तारै कम हुँदै गएको छ ।

मिस्टर कोल भन्छन्, आगामी दिनहरुमा डिजिसेक्सुअल शब्दको प्रसंग कम हुन्छ, किनकी भविष्यमा अनलाइ र अफलाइन जीवनमा कुनै फरक हुनेछैन । हुन सक्छ कक्षामा सेक्स एजुकेशन च्याटबक्समा पढाइहोस, वा यस्निभर्सिटीमा भीआर क्रिएटेड संसारमा रोमान्स होस वा होलोग्राम नै आफ्नो पार्टनर खोज्न लागुन । यो सबै केही दिनमै सामान्य हुनेछ ।

डा. ट्विस्टले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘कैयौं रिसर्चबाट यो निश्चित भएको छ की मासिहरु निर्जीव वस्तुबाट पनि यौन सन्तुष्टि हासिल गर्न सक्छन् ।’

सेर्गी स्यान्टोज नामको स्पेसि रोबोटिसिस्टले भनेका थिए, २५०० डलरको रोबोटको सहयोगले उनको बिहे थप बलियो भएको छ । उनी भन्छन्, एक पुरुष यहि चाहन्छकी उ आफ्नी श्रीमतिसँग उसको सहमति भएमात्र सम्बन्ध बनाउन चाहन्छ ।

खासमा डिजिसेक्सुअल मानिसहरुको संख्या किन बढिरहेको छ? एक्सपर्टहरु भन्छन्, डिजिटल सेक्सुअलिटी मानिसहरुको पहिचान लुकाएर राख्छ । र उनीहरुमाथि कुनै प्रकारको राय बनाउन सकिँदैन । जबकी फिजिकल वल्र्डमा यस्तो हुँदैन । वास्ताविक जीवनमा आफ्नो इच्छाबारे खुलेर बोल्दा मासिहरु जज गर्न लाग्छन् ।

केही दिन पहिला फ्रिजिड फराह नामको डलमाथि निकै विवाद भएको थियो । फ्रिजिड फराहलाई जब कसैले छुन्थ्यो, उसले नाई भन्थी । एभरीडे सेक्सिजम प्रोजेक्टका संस्थापक लारा बेट्सले न्यूयोर्क टाइम्समा लेखेका थिए, ‘यो धारणाकी सेक्स रोबोटबाट रेपमा कमी आउँनेछ, विल्कुल गलत हो । रेप सेक्सुअल प्याशनको क्रिया होइन । यो एक हिंसक अपराध हो । हामीहरुले बलात्कारिहरुलाई प्रोत्साहित गर्दै एक सुरक्षित विकल्प दिनु हुँदैन । यदि यस्तै हो भने त, हत्यारालाई रगतले भरिएको डमीज दिनु पर्याmे ताकि उसले आफ्नो चक्कु त्यसमा प्रहार गरोस ।’

प्रतिक्रिया दिनुहोस्