Friday 3rd of April 2020

ढकाल बने ग्लोबल आईएमई बैंकको कामु सिइओ

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए ।

सिइओले राजीनामा दिएपछि अर्काे व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले बताए । तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्