Sunday 15th of December 2019

एशिया प्यासिफिक समिटले एशियाली जनताबीच घनिष्ट सम्बन्ध स्थापित : पूर्व मन्त्रि ढकाल

काठमाण्डौ । नेपालको गौरब बढाऊन युनिभर्सल पिस फेडेरेशन नेपालले बिहिबार राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा शान्ति साँस्कृतिक कार्यक्रम गरेको छ । “मेकिङ्ग नेपाल प्राउड” भन्ने उदेश्य सहित भएको साँस्कृतिक कार्यक्रमले देश विदेशमा रहेका नेपालीहरुलाई नेपाल प्रति आफ्नो दायित्व बोध गराएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुलाइ आफ्नो देशको माटो,संस्कृति, आफूले खेलेको, हुर्केको र रमाएको ठाउँ स्वर्ग जतिकै प्यारों लाग्ने गीत मार्फत प्रस्तुत गरेका थिए । प्रस्तुतिहरुमा भृकुटि ,सीता र गौतम बुद्ध जन्मेको पवित्र भूमी रहेको अवगत गराउदै सगरमाथा र नेपाली विरताको स्मरण गराईएको थियो ।

उक्त कार्यक्रममा बोल्दै पुर्बमंत्री एकनाथ ढकालले एशिया प्यासिफिक समिटले एशियाली जनताबीच घनिष्ट सम्बन्ध स्थापित गर्न सफल रहेको बताए । उनले सरकार, नागरिक समाज र निजि क्षेत्रको एक साझा मंच बनाई वर्तमान विश्वका चुनैतिहरुको सम्बोधनको बारेमा घनिभूत रुपमा छलफल गर्न र उपाय खोज्न उक्त सम्मेलनको कोशेढुंगा साबित भएको बताउदै वैदेशिक लगानी आकर्षित गर्न तथा नेपालको कुटनीतिक सम्बन्धलाई फराकिलो बनाउन पनि सम्मेलनले थप टेवा दियको जिकिर गरे ।

ढकालले सम्मेलनले नेपालको पर्यटनको बिकास, जलबायु परिबर्तन बारे चेतना, नेपालको सफल शान्ति प्रकृयाको विश्व मञ्चमा प्रचार, धार्मिक सहिष्णुताको संदेश प्रबाह तथा पारिबारिक मूल्यमान्यताको जगेर्ना र प्रबद्धन गरेको उल्लेख गर्दै एसिया प्यासिफिक शिखर सम्मेलनमा सबैको जित भएको प्रष्ट पारे। सम्मेलनले युवा पिढीमा सार्बजानिक सोंच, नैतिक मूल्यमान्यताको विकास हुनु पर्नेमा जोड दिदै युवा नेतृत्वलाई राज्यका विभिन्न अंगमा तथा निर्णय प्रक्रियामा समाबेश गर्नु पर्नेमा जोड दिएको पनि ढकालले बतारए । युपीएफ नेपालका अध्यक्ष समेत रहेका पूर्वमन्त्री ढकालले नेपालको इतिहाँसकोनै भब्य तथा सभ्य एशिया प्यासिफिक शिखर सम्मेलन २०१८ सफलताका साथ् सम्पन्न भएको भन्दै सम्मेलन सफल बनाउन सहयोग गर्नुहुने स्वमसेवकहरु तथा सबैमा आयोजकको तर्फबाट धन्यवाद समेत ज्ञापन गरे ।

विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तब्य राखेका थिए । सांस्कृतिक कार्यक्रम राष्ट्रिय भावनाले ओतप्रोत थियो । कार्यक्रममा प्रस्तुतिहरु बरिष्ठ गायक आनन्द कार्कीको मेची,कोशी कलकल बग्ने मेरो सुन्दर देश भन्ने गीतबाट शुरुभएको थियो । गायक कार्कीले म देश बनाउन हिडेको मान्छे लगायतका राष्ट्रभक्ति गीत गाएका थिए ।

यो कर्म भूमिको आगनमा भन्दै गायक मिलन अमात्य, जहाँ छ बुद्धका आँखा राज सागर, हामी पहिले नेपाली त्यसपछि मात्र अरु सुमित खड्का, साँरगी त रेटे पनि शिशिर योगी, प्राश्ना शाक्य लगायतका गायक गायिकाहरुले राष्ट्रीय भावनाले ओतप्रोत प्रस्तुति दिएका थिए । डिम डान्स क्रियसन अनामनगरका कलाकारहरुले झ्याउरे,मारुनी, झुम्रा, थारु, राजबंशी, तामाङ्ग सेलो, कुमारी नृत्य लगायतको प्रस्तुति दिएका थिए ।

मिस नेपाल सुगारिका केसी र शान्ति अभियन्ता प्रकाशबाबु थापाले संञ्चालन गरेको सो कार्यक्रममा सांसदहरु,नागरिक समाजका अगुवा, धार्मिक अगुवा लगायत बिभिन्न तह र तप्काका ब्यत्तिहहरुको सहभागित रहेको थियो । सबै नेपाली मिलेर राष्ट्र निर्माणको लागि एक हुनुपर्छ, साच्चीनै देश बनाउन ढिला भईसकेको छ भन्ने भावना कार्यक्रम भरी छताछुल्ल पोखिएको थियो । जात धर्म र संस्कृति भन्दा माथी उठेर राष्ट्र निर्माणमा जुट्नुपर्ने सन्देश कार्यक्रमले दिएको थियो । कार्यक्रमको न्युज २४ टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्