Tuesday 31st of March 2020

यी सब “बकमफुसे” कुरा: सचिव ठाकुर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारमा सून्य सहनशिलताले हावा खाएको छ । भ्रष्टाचार जति गरेपनि सहनेशिलताको रुपमा देखापरेको छ । विगतलामो समयदेखि भष्टाचारी कर्मचारीको उपाधि भिरेरै सचिव भएका खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले खानेपानी मन्त्रालय अन्तरगका कार्यालयहरुबाट मिहिन ढंगले भ्रष्टाचारलाई मलजल गरिरहेको तथ्य फेला परेको छ ।

उनले स्वदेशि तथा विदेशिसँगसमेते शुभलाभ नगरेसम्म उनीहरुको फाइल अगाडि नबढ्ने गरेको फाइलहरु खानेपानी मन्त्रालयमा हजारौ रहेका छन । ठेक्का पट्टा र कर्मचारीहरुको सरुवामा उनले रकम असुली गर्ने प्रकृया निजामति प्रशासनको पुरानै रोग हो । कर्मचारीहरुको सरुवामा सचिवलाई भ्रष्टाचार गर्ने कर्मचारीहरुले नियमित झै रकम भाग लगाएकै हुन्छन । त्यसको अतिरीक्त रकम मागेर सचिवले हैरान बनाएका कुरा मन्त्रालयकै सहसचिवले खुल्ला बकपत्र गर्दा समेत सुन्य सहनशिलताको सिद्धान्त बोकेको सरकारले सचिव ठाकुरलाई कुनै कारवाहि गर्न सकिरहेको छैन । सचिव ठाकुरसँग सरकार नतमस्तक भएको वा अन्य कुनै अमुक पात्रसँग यसको खोजि हुने कुरामा कर्मचारीहरु आशावादी भएका छन ।

सचिव ठाकुरलाई खानेपानी मन्त्री वीना मगरको आर्शिवादले उनको भ्रष्टाचारलाई मलजल गरेको हो वा मन्त्री ससुरावा पुष्पकमल दाहालको आर्शिवाद हो । यस प्रश्नको उत्तर कतैबाट आउन सकेको छैन । उनले मेलम्ची जस्तो बहुप्रतिक्षारत आयोजनालाई अन्यौलको भुमरीमा धकेली दिंदा समेत उनको सचिव पद डगमगाउन सकेको छैन । बरु उनी झन वलिया जस्ता देखिएका छन ।
उनले मेलम्चीको ठेक्का इटालिएन कम्पनीबाट रद्ध गराएर नेपालकै उनी निकटका केही ठेकेदारहरुलाई कोटेशनमा काम दिने योजना समेत बनाएको समाचार स्रोतले दावी गरेको छ ।

उनी निकटका ठेकेदार बलराम महत्तोलाई मेलम्चीको ठेक्का दिने उनको तयारी समेत रहेको बुझिन आएको छ । यसका लागि उनले मन्त्री मगर र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग कुरा मिलाउदै गरेको थाहा भएको छ । उनले वलरामको रमन कन्टक्सनले काम गरेका ठेक्काको रकम कुनै विभाग, आयोजनाहरुमा रोकियो भने उनी आफै फोन गरेर पैसा चाडो भुक्तानी दिनु भनेर दवाव दिने गरेको खानेपानी मन्त्रालय स्रोतले नेपाली जनतालाई बताएको छ ।

सचिव ठाकुरले खानेपानीका क्षेत्रमा काम गर्ने विदेशि परामर्शदाताहरुको नेपालमा काम गर्न पाउने गरि भिषाको प्रकृयाका लागि समेत पैसा माग्ने गरेको समाचार स्रोतले दावी गरेको छ । पैसा नदिएसम्म उनले उनीहरुको फाईल प्रक्रियाका लागि अगाडि नबढाइदिने र अनेक बहाना बनाउने काम गर्दै आएका हजारौ उदाहरणहरु रहेको भएपनि उनको कामलाई मन्त्रीले आँखा चिम्लेर समर्थन गर्नु आश्र्चायको विषय रहेको छ ।

यसै विषयमा खानेपानी मन्त्रालयका मन्त्री ठाकुरसंग कुराकानी गर्न खोज्दा उनले भने, यी सब “बकमफुसे” कुरा हुन भन्दै फोन राखे ?

प्रतिक्रिया दिनुहोस्