Tuesday 31st of March 2020

माघ २२ र २३ गते लगातार दुइ दिन विदा

ललितपुर ।तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरका ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले दुई दिन सार्वजानिक विदा दिने भएको छ ।

सोनाम ल्होछार यहि आउँदो माघ २२ गते परेको छ । सोनाम ल्होछार अवसरमा माघ २२ र २३ गते दुइ दिन विदा दिने गाउँसभाले निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष मिङमा लामाले जानकारी दिइन । गाउँपालिकाले ल्होछार पर्व मनाउन ५ लाख रुपैयाँ बजेटको समेत ब्यवस्था गरेको पनि उनले बताइन ।

संघिय सरकारले यो वर्ष ल्होछारमा दिदै आएको सार्बजनिक विदा कटौती गरे पनि गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बाहुल्यता रहेकोले विदा दिइएको उपाध्यक्ष लामाले बताए ।

यस्तै काभ्रेको चौँरीदेउराली गाउँपालिकाले पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष दीननाथ गौतमले बताए । यसअघि काभ्रेकै तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् । रामेछापको सुनपति गाउँपालिकाले पनि सार्वजानिक विदा दिने निर्णय गरिसकेको अध्यक्ष धावा लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्