Sunday 15th of December 2019

सहिद दिवसका अवसरमा माघ १६ गते प्रदेश ३ मा सार्वजनिक विदा, संघिय सरकारले विदा नदिने

काठमाडौं । सहिद दिवसका अवसरमा माघ १६ गते प्रदेश ३ मा सार्वजनिक विदा दिने भनेर प्रदेश सरकारले अघिल्लोसाता नै निर्णय गर्‍यो । तर, यस विषयमा प्रदेश र केन्द्रबीच सामञ्जस्य नहुँदा गञ्जागोल देखिएको छ । भोलि केन्द्र मातहतका सबै सरकारी कार्यालय खुल्ने गृह स्राेतले बतायाे ।

‘हामीले मन्त्रिपरिषदको निर्णयबारे मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएका छौं । अब, संघ अन्तर्गतका कार्यालय बन्द हुन्छन् हुँदैनन्, त्यो म भन्न सक्दिनँ । तर, प्रदेशअन्तरगतका कार्यालय बुधबार खुल्दैनन् ।’ प्रदेश सरकार स्राेतले भन्याे ।

महानगरले विदा स्वीकार्‍यो

उता काठमाडौं महानगरले भने प्रदेशले दिएको बिदालाई स्वीकार गरेको छ । मंगलबार बसेको बैठकले भोलि महानगर अन्तरगतका कार्यालय र स्कुल–कलेजमा बिदा दिने निर्णय गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस्