Tuesday 21st of January 2020

२२ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्व प्रधानन्यायाधीश शुशीला कार्की शिक्षण अस्पताल

काठमाडौँ ।  विगत २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सरकारले अविलम्ब पुरा गर्नुपर्ने पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीले बताएकी छिन् ।

डा. केसीको स्वास्थ्य अवस्थाका बारे जानकारी लिन शिक्षण अस्पताल पुगेकी कार्कीले डा. केसीकै आन्दोलनका कारण चिकित्सा शिक्षामा धेरै सुधार आएकाले उनको मागलाई कुनै पार्टीको बिल्ला लगाउन नहुने बताएकी थिइन्।

उनले डा. केसीको माग पुरा नभए सम्पूर्ण नेपालीको मनमा चोट लाग्ने पनि बताएकी थिइन्।