Tuesday 25th of February 2020

कूटनीतिज्ञहरुसँग छलफल गर्दै ओली सरकार

काठमाडौं । सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग आज शुक्रबार छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई विफिङ गर्ने प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य निकालेका थिए । साथै भेनेजुएला प्रकरणमा नेपालको धारणालाई लिएरपनि अन्तराअष्ट्रिय समुदायले चासो देखाएका छन् । त्यही बेला सरकारले कूटनीतिज्ञहरुलाई बोलाएर आफ्नो धारणा राख्न खोजेको एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्