Thursday 12th of December 2019

पानीजहाज चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल हुर्दै

काठमाडौँ । पानीजहाज चलाउन आवश्यक तयारीबारे आइतबार प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायबीच छलफल भएको छ । पानीजहाज चलाउन आवश्यक तयारी र सहकार्य–संयोजनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवहरू र सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच प्रस्तुति दिएको हो ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिर ढुंगाना र दीपेन्द्रनाथ शर्मा, सरोकारवाला मन्त्रालयहरू भौतिक, पूर्वाधार तथा यातायात, सङ्घीय मामिला, अर्थ, ऊर्जा, जलश्रोत र सिँचाइ तथा परराष्ट्र मन्त्रालयका सहसचिवहरू सहभागी थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको योजना र अनुगमन महाशाखा प्रमुख तथा प्रवक्ता मधुकुमार मरासिनीले पानीजहाज चलाउन तत्काल गर्नुपर्ने काम र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए। ‘यो पहिलो चरणको छलफल भएकाले विस्तृत छलफल हुन सकेन’ मरासिनीले भने।

उक्त कार्यालयको प्रमुख सहसचिवस्तरका मेकानिकल इन्जिनियर रहने व्यवस्था छ भने कार्यालयमा १६ जना कर्मचारी रहनेछन्। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहने उक्त कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको भौतिक मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्