Sunday 18th of August 2019

तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा प्रदेश ३ मा सार्वजनिक विदा

काठमाडौं । प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा माघ २२ गते (मंगलवार)विदा दिने भएको छ । तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।

मन्त्रिपरिषदको माघ ९ गते बसेको बैठकले सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले माघ १६ गते शहीद दिवसको अवसरमा पनि सार्वजनिक विदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्