Saturday 21st of September 2019

सरकार विरुद्ध काग्रेसको व्यापक प्रदर्शन

काठमाडौं । सरकारले महंगी नियन्त्रण गर्न नसकेको र बलात्कारीलाई सार्वजनिक गर्न नसकेको भन्दै नेपाली काग्रेस बर्दियाले सोमबार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा बिरोध प्रदर्शन गरेको छ ।

नेपाली काग्रेस पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन बगलामुखि, राधाकृष्ण चोक , जिल्ला हुलाक कार्यालय , बागेश्वरी मन्दिर मार्ग , प्रहरी जिल्ला प्रशासन हुँदै राधाकृष्ण चोकमा गएर कोणसभामा परिणत भएको छ ।

राधा कृष्ण चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेस बर्दियाका निमित्त सभापति मिश्रिलाल यादवले बर्तमान सरकारले दुई तिहाईको दम्बमा देश चलाउन खोजेको आरोप लगाउँदै देशमा बलात्कार हत्या हिंसा नियन्त्रण हुन नसकेकोमा दुखद रहेको बताए।

प्रतिक्रिया दिनुहोस्