Friday 22nd of February 2019

आईसीसीकाे नयाँ वरियताक्रममा सन्दीप लामिछाने, कुन खेलाडी कति औं स्थानमा ?

एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयतामा शीर्ष स्थानमा रहन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयताक्रममा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । आईसीसीले निकालेको नयाँ वरीयतामा कोहलीले ८८७ अंक प्राप्त गरेका छन् ।

कोहलीले भारतकै रोहित शर्मालाई पछि पार्दै शीर्ष स्थानमा कायम रहन सफल भएका हुन् । वरीयताको दोस्रो स्थानमा रहेका रोहितले ८५४ अंक प्राप्त गरेका छन् ।

एकदिवसीय क्रिकेटको बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा यथावत रहेका छन् । उनले ८०८ अंक पाएका छन् । बलिङतर्फ दोस्रो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले ७८८ अंक जोडेका छन् भने न्युजिल्यान्डका ट्रेण्ड बोल्ट ७३२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

भारतका कुलदीप यादव र भारतकै युजभेन्द्र चाहल पाँचौ स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने १३४ औं स्थानमा रहेको आईसीसीले जनाएको छ ।

आईसीसीले निकालेको राष्ट्रको वरीयतामा नेपाल पहिलो पटक समावेश भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा परेको हो ।

युएईविरुद्धको सिरिज जितपछि नेपालले वरियताको १४ औं स्थान हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्