Monday 16th of September 2019

आजदेखि देशभरका रेष्टुरेन्ट बन्द

काठमाडौं । मंगलबारदेखि देशभरका रेष्टुरेन्ट बन्द हुने भएका छन् । अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघको आह्वानमा रेष्टुरेन्ट तथा बार बन्दको घोषणा गरिएको हो ।

रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ नेपाल (रेबान) ले उपभोक्ताबाट १० प्रतिशत सेवा शुल्क लिन नपाइने निर्णय गरेपछि संघले त्यसको विरोधमा बन्द आह्वान गरेको हो । आफूसँग समन्वय नै नगरी षड्यन्त्रपूर्ण ढंगले मजदूरमाथि अन्याय हुने गरी यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

अदालतको आदेश र श्रम ऐन तथा नियमावलीविपरित रेबानले सेवा शुल्क कटौती गरेको संघको आरोप छ । तर रेबानले भने उपभोक्ताबाट व्यापक गुनासो आएकाले १० प्रतिशत शेवा शुल्क हटाउने निर्णय भएको र अब निर्णयबाट पछि हट्न नसकिने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्