Sunday 16th of June 2019

सिके राउतका ९ कार्यकर्ता विरुद्ध ‘राज्यद्रोह’ मुद्दा

[mashshare]

काठमाडौं । स्वतन्त्र मधेशको माग गर्दै आएका डा.सिके राउतको नौ जना कार्यकर्तालाई प्रहरीले गरेको छ । जानकी गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय कोहलपुर उनीहरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्