Friday 3rd of April 2020

बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने सांसद पुष्पा भुसालको माग

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।

भुसालले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको आवश्यकता रहेको बताएकी हुन् । महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको उनको आरोप थियो ।

 

प्रतिक्रिया दिनुहोस्