Friday 6th of December 2019

हुम्लामा बुधबार ३ बजेबाट हिमपात

हुम्ला । हुम्लामा पुनः हिमपात सुरु भएको छ । ८ दिन पछिको ठुलो हिमपात सँगै बुधबार ३ बजेबाट हिमपात सुरु भएको हो । माघ महिना भरी निरन्तर हिमपात हुँदा यहाँको दैनिकीमा समस्या भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतको हवाई सेवा अवरुद्ध बनेका छन ।

हिमपातसँगै उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयहरुलाई घरभन्दा बाहिर निस्कन समेत समस्या भएको छ । लामो समय हिमपात भएपछि उत्तरी नाम्खा गाउँपालिका अधिकांश बस्तीहरु गाईवस्तुलाई घाँसको जोहो गर्न समस्या भएको छ ।

यारी, लिमी जाँङ,तिल, हल्जी,मुचु,याल्वाङ, याङगार,चाला,केर्मी, खगालगाउँ, लगायतका बस्तीहरु सदरमुकाम सिमकोटबाट सम्पर्क विहिन बनेका छन ।