Friday 22nd of February 2019

बिग बासमा फर्किए सन्दीप, आज खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय टिमको पहिलो एक दिवसीय र टी–२० सिरिज जित्दा महत्वपुर्ण सदस्य बनेका सन्दीप लामिछाने फेरी बिग बास लिगमा फर्किएका छन् बिग बासमा सन्दिपको टिमले आज ब्रिज्बेन हिट्ससँग प्रतिस्पर्धा गर्दैछ । ब्रिज्बेनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ बजेर २५ मिनेटबाट शुरू हुनेछ ।

शुक्रबारको खेलमा ब्रिज्बेनविरुद्ध जित निकालेमा मेलबर्नले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउने छ । सन्दीपको टिम मेलबर्न १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

सुरूवाती चार खेलमा ८ विकेट लिएर बंगलादेश प्रिमियर लिग खेल्न गएका सन्दीपले आजको खेल खेल्ने सम्भावना निकै बलियो छ । बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्