Saturday 20th of April 2019

आजको राशिफल

मेषः– मध्यान्ह सम्म गरेका केहि काम सफल हुनेछन् । अपरान्ह देखि समय प्रतिकुल बन्दैछ नयाँ क्षेत्रमा लगानी नगर्नु होला क्षय बढि हुनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्नेछ । सहयोग मन टाढा हुनेछन् । व्यापार घट्नेछ ।

वृषः– शत्रु कमजोर हुनेछन् । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्नेछ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंहः–अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन लगानी बढि होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा जमघट बढ्नेछ ।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

तुलाः–घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ । वौद्धिक व्यक्तित्वसँग भेट हुनेछ ।

वृश्चिकः– अपरान्हबाट समयमा सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक, निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । मित्रहरु भेटिने छन् ।

धनुः– समय प्रतिकुल देखिन्छ । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

मकरः– सपना साकार हुने देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी पनि बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भः– सकरात्मक सोचको विकास हुनेछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः–पूर्वान्ह भन्दा अपरान्ह थोरै अनुकुल हुनेछ । गलत विचार मनबाट हट्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्