Friday 22nd of February 2019

माघ २७ देखि फागुन ४ गतेसम्मको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साता लाभदायी रहनेछ । व्यापारमा वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुने देखिन्छ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । सुखद् यात्रका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा बृद्धि हुनेछ । धार्मिका यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै आर्थिक उतार चढाव रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट भने कार्यमा उन्नति हुने देखिन्छ । धन को क्षेत्र सबल रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा उन्नति प्रगति हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साता मध्यम सफल रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ । खेल क्षेत्र उन्नतिकारक रहने देखिन्छ । कला मनेरञ्जनमा विशेष अभिरुचि रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मंगल र बुध र भने स्वास्थ्यमा प्रतिकूलता रहनेछ देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साता उन्नतिकारक रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । आय आर्जनका श्रोत बढ्नेछन् । विहीबारबाट खर्चमा वृद्धि हुनुका साथै कार्यमा अस्थिरता रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साता उन्नतिकारक रहनेछ । मित्र लाभका साथै आर्थिक उन्नयन हुनेछ । सुखद् यात्राको योग देखिन्छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । विद्याको क्षेत्र सबल देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्नेछ । आय आर्जनका स्रोत बढनुका साथै कीर्ति लाभ हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साता मध्यम फलदयी रहनेछ । सोमबारसम्म कार्य अवरोधका स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय शुभ फलदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कला साहित्यमा विशेष जागरुकता रहनेछ । यात्राका अवसर मिल्नुका साथै राजनीतिक कार्यमा विशेष रुचि रहने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साता मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राको योग देखिन्छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । मंगल र बुधबार कार्यमा अवरोध आउनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साता अर्थदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । प्रेममा सफलता मिल्न्ुका साथै आर्थिक लाभ हुने देखिन्छ । मित्र जनबाट भने सजग रहनु नै उचित हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साता उन्नतिकारक रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । अध्ययनमा सफलता मिल्नुका साथै साहित्यमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा बाधा रहनेछ । सो पश्चात्को समय उन्नतिकारक रहनेछ । कार्यलाभका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल रहनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साता कार्यदायी रहनेछ । व्यापारमा वृद्धि हुनेछ । धनको क्षेत्र सबल रहनेछ । समाजिक कार्यमा रुचि जाग्नेछ । शत्रु पराजित हुनेछन् । कर्मक्षेत्र बलवान् देखिन्छ । विद्या लाभदायी रहनेछ । मित्र सहयोग प्राप्त हुने देखिन्छ । मंगल र बुधबार शारीरिक आलस्यता बढ्नुका साथै कार्यमा अवरोध आउन सक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साता अर्थदायी रहनेछ । कार्य लाभका साथ अध्ययनमा रुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पराक्रम बढ्नेछ । नयाँ कार्य गर्ने मनमा उत्साह छाउनेछ । बिहीबारबाट भने कार्यमा अवरोध रहन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्