Friday 22nd of February 2019

शिक्षक बन्न अब विषयगत लाइसेन्स

काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षक बन्न अब विषयगत नै लाइसेन्स चाहिने भएको छ । तहगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दै आएको शिक्षक सेवा आयोगले पहिलो पटक विषयगत परीक्षा सञ्चालन गर्न लागेको प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिए ।

लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाइनेछ । त्यसका लागि आयोगले लिने विषयगत लाइसेन्सको परीक्षा पास हुनुपर्छ । यसअघि तहगत रुपमा परीक्षा लिएर लाइसेन्स वितरण गरिन्थ्यो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका सबै विषयका शिक्षकका लागि तहअनुसार एउटै मात्र परीक्षा सञ्चालन हुन्थ्यो । एकै किसिमको लाइसेन्स पाउँथे ।

प्रतिक्रिया दिनुहोस्