Tuesday 31st of March 2020

भ्रष्टाचारको दलदलमा स्थानीय तह

काठमाडौं । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ।

तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन्। कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ।

तहमा राज्यको रकम जथाभावी डोजर, गाडी खरिदमा दुरुपयोग भइरहेको छ। स्थानीय तहका प्रमुख उपप्रमुखले डोजर किनेर आफैंले प्रयोग गरिरहेको । अख्तियारका सहप्रवक्ता मदन कोइरालाले स्थानीय तहमा भ्रष्टाचार बढेको उजुरी धेरै आइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्