Monday 14th of October 2019

उपमहानगरको ६३ लाख भोजभतेरमै स्वाहा !

धरान । सरकारी पैसाले रक्सी खान पाइँदैन । तर, यो नियमलाई खिल्ली उडाउँदै धरान उपमहानगरले पर्यटन प्रवर्द्धनको बजेट रक्सीमा स्वाहा पारेको छ । उपमहानगरले पर्यटन विकासमा छुट्याएको ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ जनप्रनिनिधि र कर्मचारीले भोजभतेरमै सकेका हुन् । उनीहरुले मदिरा सेवन, घुमफिर र मासुभातमा बजेट दुरुपयोग गरेका हुन् ।

उपमहानगरले उक्त बजेटबाट पर्यटक प्रवर्द्धनको भने कुनै काम गरेको छैन । पर्यटनमा विनियोजन गरेको रकम दुरुपयोग गरी नीतिगत भष्ट्राचार गरेको प्रमाण भेटिएको हो । पर्यटन शीर्षकमा उपमहानगरले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्