Tuesday 23rd of July 2019

मेरो आवाजमा दम रहेछ र पो उनीहरूले सांगठनिक घेराबन्दि गरी आक्रमण गरेः सच्चि मैनाली

यहॉ कसैलाई पत्रकार चाहिएको छैन । यहॉ सबैलाई आफ्नो प्रशस्ती गाउने गोयबल्स चाहिएको छ । करीब १८ महिना अगाडि मेरो एउटा स्टाटसको कमेण्टमा बरिष्ठ पत्रकार डा. प्रदिप भट्टराईले लेख्नुभएको थियो । मैले सम्झिन सकेको अंश -सच्ची तिमी नेपालदेखिनै पत्रकारीतामा लागेका धमीरा सफा गर्ने काममा लागेकि छ्यौं तर यहॉ कसैलाई पत्रकार चाहिएको छैन । यहॉ सबैलाई आफ्नो प्रशस्ती गाउने गोयबल्स चाहिएको छ ।

मेरो प्रवासको संचारकर्मको अनुभव पनि यस्तै छ ।

म आज जनसम्पर्कको भएको भए जनसम्पर्ककाले साथ दिन्थे, प्रवासी मन्चकाको भएको भए प्रवासी मन्चकाले साथ दिन्थे । कुनै नेताको प्रवक्ता भएर काम गरेको भए उनका कार्यकर्ताले साथ दिन्थे, कुनै संस्थामा भएको भए शायद उनले साथ दिन्थे, कसैको चाकडि गरेको भए उनीहरू मेरा साथमा हुन्थेहोला, म त्यहॉ अटाउन सकिन किनकि मेरो लागी सबै नेपाली मेरा आफ्नै हुन ।

“सच्चीको साथमा” कार्यक्रम मार्फत बिभिन्न अभियानहरू चलाए । समुदायले के खोजेको छ ? के जान्न चाहेको छ ? त्यसलाई बुझ्ने कोशीस गर्दै र सिक्दै चलाएँ । बिभिन्न समयमा बिभिन्न मान्छेहरू सहयोगी भएर आए । धेरैका प्रशंसा, सल्लाह र सुझाव पॉए । मैले मात्रै बिशुद्द सामुदायिक संचारकर्म गर्न खोजें र रूचॉए तर जुन बर्गको लागी मैले गर्न खोजें उनीहरू धेरै राजनीति देखि टाढै रहेछन् । प्रवासको संघर्षशील जीवनमा ब्यस्त रहेछन् । तर उनीहरूको साथ, सहयोग र सरसल्लाहले मलाई रूचाएका महशुष गरेको छु र यो नै मेरो सफलता र स्वतन्त्रताको पुरस्कार मानेको छु ।

त्यसै पनि यो युग स्वतन्त्र नागरीक पत्रकारीताको युग हो । मेरो कामको नियत र उद्देश्यलाई कोहि कसैले आ आफ्नो स्वार्थको राजनीतिक चश्मा नलगाई हेरिदिए पुग्छ ।

कतिले नरूचाएका होलान् , कतिको स्वार्थ्यमा हाम्रो स्वतन्त्र कामले धक्का पुगेको होला ।
बॉकि कतिका आफ्नै बाध्यताहरू होलान ।

कसैले साथ दिंदा स्वभाविक रूपमा थप उर्जा र हौसला पक्कै हुन्छ तर नदिंदा पनि र कहिलेकाहिं एक्लै मात्रै लड्दा पनि त्यसको आनन्द अदभुत हुँदो रहेछ । शाहस त झन् चुँलिंदो रहेछ ।

मेरो आवाजमा दम रहेछ र पो उनीहरूलाई सांगठनिक घेराबन्दि गरी आक्रमण गर्न बाध्य पार्यो भनेर झनै उर्जा मिल्ने रहेछ ।
“I don’t have a DESIRE to be LIKED but a DESIRE to be RIGHT”

प्रतिक्रिया दिनुहोस्