Friday 22nd of February 2019

अमेरिकाको कोलोराडो अरोरा सहरमा दुई नेपालीभाषी मृत

अमेरीका । अमेरिकाको कोलोराडो अरोरा सहरमा दुई नेपालीभासीको ज्यान गएको छ । कोलोराडो राज्यको अरोरा सहरमा शनिवार बिहान ६ः४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको सवारी दुर्घटनामा दुई जना नेपाली भासी भुटानीहरू चालक २६ वर्षका यादव मगर र पछाडिको सिटमा बसेका १७ वर्षको अशिश तामाङको मृत्यु भएको छ । अगाडिको सिटमा बसेका विमल सुब्बा गम्भीर घाइते भएर

युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ । मगर र तामाङको पार्थिव शरीर अराफो काउन्टिको मुर्दाघरमा राखिएको छ । प्रहरीका अनुसार इस्ट ह्याम्डन नाघ्ने बेला कारको सन्तुलन गुमेको थियो । त्यसपछि उक्त कार सडक किनाराको रुखमा ठोक्किएको थियो । कारको ठक्करबाट रुखको आधा भाग क्षतिग्रस्त छ । दुर्घटनाको कारण तीव्र गति भएको प्रहरीको दाबी छ । यादवको बहिनी रेसमा मगरले कुराकानीमा उनको दाजु यादव अघिल्लो दिनको जन्म दिनको शुभकामना पार्टीमा साथीकोमा गएको र उतै उक्त रात सुतेर बिहान घर फर्कने क्रममा यो दुर्घटना भएको जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्