Saturday 20th of April 2019

सुनका गरगहनासहित एक जना पक्राउ

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलले चोरीको सुनका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ तिलोत्तमा नगरपालिका वडा नं. ३ ड्राइभर टोलबाट चोरी भएका सुनका गरगहनासहित कास्की जिल्ला पोखमहानगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय को दीपक थापा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गुल्मी धुर्कोट गाउँपालिका वडा नं. ५ घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने सुरेश शर्माको कोठाबाट उक्त सुनको गरगहना चोरी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए।

प्रहरीले पक्राउ परेका गुरुङको साथबाट ८ तोलाभन्दा बढी सुनका गरगहना बरामद गरेको जनाएको छ।

प्रहरीले गुरुङको साथबाट सुनको बाला २ थान, सुनको हार १ थान, चन्द्रमा १ थान, औंठी १ थान, जन्तर १ थान, कालो मालाको पोतेको झुम्का १ थान, चाँदीको सिक्री १ थान र १ थान डिजिटल घडी समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्