Thursday 23rd of January 2020

प्रधानमन्त्रीबाट आइएमईका सिइओ पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड प्रदान

काठमाडौं । यो वर्षको म्यानेजर अफ दि इयर २०१८ अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्राप्त गरेका छन्। म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन्।

आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले पाएकी छन्। कार्यक्रममा अर्थसचिव डा. राजन खनाल उत्कृष्ट निजामती कर्मचारी विधामा सम्मानित भए। खनालले आउटस्ट्याण्डिङ सिभिल सर्भेन्ट अवार्ड प्राप्त गरे।

म्यानेजर एक्सिलेन्स इन एजुकेसन विधामा युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछाने सम्मानित भए। प्रधानमन्त्री केपी शर्मा ओलीले चारैजनालाई सम्मान प्रदान गरेका छन्।

सम्मानित भएपछि बोल्दै पोखरेलले आफूलाई दिएको सम्मानले सम्पूर्ण युवाहरूलाई उत्साहित बनाएको बताए। यस्तै श्रेष्ठले यो सम्मानले आफूलाई अझ सशक्त बनाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्