Tuesday 26th of March 2019

काे हुन विनाेद तिवारी जसले अमेरीकन नेपालीहरूलाई आतंकित बनाए

म ग्रेटर अस्टिन नेपाली सोसाइटीको अध्यक्ष देवराज न्यौपानेमाथि एनआरएन प्रवक्ता भनिने विनोद कुमार तिवारीबाट पटक पटक अभद्र ब्यवहार हुन्छ जसको प्रमाण मैंले फेशबुकमै सार्वजनिक रूपमा लेखेका उनका कमेन्टहरुलाई फोटो खिचेर अध्यक्ष लगायत नेताहरुलाई पठाएर न्यायको याचना गर्दछु र यस्ता मान्छेहरुले एनआरएनलाई कता लैजालान् भनेर चिन्ता गर्दछु तर त्यसको बदलामा कुनैं रेस्पन्स कतैबाट आउदैन । कल ब्याक पनि हुँदैन र यो पुरानो कुरा एतिकै सेलाएर जान्छ । तर अहिले मेरो एउटा फेशवुक स्टाटसको बिषयलाई लिएर अध्यक्षले मलाई फोन गर्छन् र भन्छन् “के खोजेको ठिक लगाइ दिउँ ? तुरुन्त डिलिट गर्ने कि तिम्रा बिरुद्ध मुद्दा हालौं ?” त्यसपछि दोहर्याएर पढ्छु कतै मैंले अन्याय पो गरेछु की अन्जानमा भनेर ।

मैंले यसमा मुलत विवादमा नअल्झी एनआरएनको सदस्यता लिन आब्हान गरेको थिएँ र नेतृत्वलाई पनि बिश्वासको वातावराण बनाई दिन सुझाव दिएको थिएँ । मैंले कुरो बुझ्न नसकेपछि जसरी नेपालमा मानिसहरु राज्य कमजोर र अविश्वसनीय भए पछि न्यायको लागि रवी लामिछानेकहाँ पुगे झैं म पनि सच्ची मैनालीलाई आफ्नो दुख पोख्न पुग्छु । जसको परिणाम उनले यो घटनालाई न्यायको लागि आवाज उठाउदै बाहिर ल्याइदिन्छिन् र त्यसकै कारण फेरी उनीमाथि चौतर्फी हमला सुरु हुन्छ ।

मेरा निम्ति र एनआरएनलाई बिसुद्ध बनाउनका निमित्त लड्दा उनले अहिले जुन पिडा भोग्नु परिरहेको छ यसले मलाई पनि अझ बढी पिडा थपेको छ । यसरी एउटी पत्रकार माथि हमला हुन्छ, एउटा सामाजिक या एनआरएन अभियन्ता या एउटा नेपालीमाथि हमला हुन्छ र यसका बिरुद्ध कुनैं जिम्मेवार निकाय चुइक्क बोल्दैनन् भने यसले निराशा सिवाय केही दिदैन । यस्तो दण्डहिनता र अन्यायमा हामी कसरी सामाजिक काममा अघि बढ्न सकिन्छ? मलाई केही पत्रकार साथीहरुले फोन गरेर हामी तपाईका न्यायपूर्ण आवाजलाई साथ दिन्छौं भन्दा मैंले भनेको थिएँ, अहिले यो बिषयलाई धेरै नउछालौं । यसो भनिरहदा मैंले सोचिरहेको थिएँ कि यस्ता कुराले सदस्यता लिन मानिसहरुलाई नकारात्मक असर पर्छ र नेताहरुले आफैं महशुस गर्लान् र आफुलाई सच्याउलान भन्ने आशा थियो । म कसैसँग झगडा गर्न र झगडा लगाई दिन सामाजिक काममा लागेको हैन । तर मन लागेको कुरा बोल्दा ब्यक्तिगत दुस्मनी हुन्छ भने कसरी अगाडि बढ्न सकिन्छ?

यत्तिका संघ संगठनहरु र पत्रकार संघहरु अब त केही बोल्न पर्छ कि? किनकी मलाई लाग्छ यो हमला म र सच्चीजीमाथि मात्र हैन!

प्रतिक्रिया दिनुहोस्