Friday 22nd of February 2019

जिप्रका भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका एक जना प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रकाशकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई सेवाग्राहीबाट २५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता एबम् सूचना अधिकारी मदन कोइरालाका अनुसार श्रेष्ठलाई घुससहित समातेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्