Friday 6th of December 2019

४० भारतीय सुरक्षाकर्मीको मृत्यु, मोदीलाई ओलीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत प्रशासित कस्मिरमा ४० सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणको भत्र्सना गरेका छन् । ओलीले बिहिबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आक्रमणको भत्र्सना गर्दै मृतक सुरक्षाकर्मीलाई श्रद्धान्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

बिहिबार दिउँसो कास्मिरको पुलवालामा जैस–ए–मोहम्मद नामको आतंकवादी समुहले तीन सय ५० भन्दा बढी विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सुरक्षाकर्मीको गुडिरहेको गाडीमा ठोक्काउँदा ४० जनाको ज्यान गएको थियो । जम्भुकश्मिरबाट श्रीनगरतर्फ गइरहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्स माथि आक्रमण भएको हो । आफ्ना सदस्य आदिल अहमदले आत्मघाती विस्फोट गराएको समुहका प्रवक्ता मोहम्मद हुसानले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्