Monday 20th of May 2019

बधाई छ सरकार !

[mashshare]

बधाई छ सरकार !
एक पछी अर्को गर्दै
चमत्कारै चमत्कार गर्दै
सँसारलाई नै आश्चर्यचकित पार्दै


हाम्रा प्रधानमन्त्री
हाम्रा मन्त्री
सल्लाहकारहरु
सहयोगी नेताहरु
साँसदहरु
ताली मार्दै उक्साउने
कार्यकर्ता र जनताहरु
एक बर्ष बिताउनुभयो
बधाई छ सरकार
बधाई प्रधानमन्त्रीज्यू
बधाई सहयोगी सबै सबैलाई !
*****

सरकारले राम्रै राम्रा मात्र काम गर्दा
नराम्रो देख्ने इतरहरुलाई
संचारमन्त्री गोकुलले
ठाडै जबाफ लाउनुभएकै छ
सरकारको गुणगान गाउनु भएकैछ
बरु मलाई ति गुणगान सुन्दा
अलिकती कम भए जस्तो लाग्छ !
कति कन्जुस्याइँ गर्या मन्त्री जी ??
धक खोलेर गुणगान गाउनुस
फलाक्न रेडियो टिभी र गोरखापत्र छँदैछ
अरुले बिरोध गरेर केही नापिन्न !
फेसबुक ट्विटरका बिरोधको
के कुरा भो र !
तपाईंले जेल हाल्ने कानुन ल्याउँदै हुनुहुन्छ
ल्याइ हाल्नुस् कानुन
तिराइहाल्नुस जरिवाना
पठाउनुस जेल
बिरोध गर्ने लाई छोड्नै हुन्न
किन कि दुई तिहाईको पावर छ
कसैले केही नाप्दैन !

****

अख्तियारकै आयुक्त घुसखाने
न्यायाधिश नेताकैमा जाने
झगडीया बाटै घुस खाने
कर्मचारी देखी ब्रम्हचारी सम्म
गाउँ पालिका देखी नगर पालिका सम्म
जताततै लेनदेन
अन्याय
अत्याचार
भ्रस्टाचार
जता हेर
नेताका झोले
सब चुप लाग
बोल्दै नबोले
थुतुनो उघार्नै हुन्न
अहँ नखोले !
किनकी देशमा पावरफुल सरकार छ !
*****
– रामप्रसाद खनाल, फेब्रुअरी १५, २०१९

प्रतिक्रिया दिनुहोस्