Sunday 23rd of February 2020

अधिकांश क्रसर मापदण्डविपरीत

काभ्रे । काभ्रे जिल्लामा सञ्चालित सबै क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ ।

जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले काभ्रेका सबै स्थानका क्रसरको अनुगमनपछि शुक्रबार एक प्रतिवेदनमार्फत् क्रसरहरू मापदण्ड विपरीत सञ्चालन भएको निष्कर्ष निकालेको हो ।

जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमला संयोजक रहेको उक्त प्राविधिक उपसमितिले सो प्रतिवेदन अनुगमन समितिसमक्ष पेस गरेको थियो । प्रतिवेदनमा भनिएको छ, ‘ अधिकांश क्रसर नदीसँगै, सडकमार्ग आसपास, विद्यालय र जङ्गल नजिक सञ्चालन भएको, चार वटा क्रसरको खानी दर्ता नभएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको पाइएको छ ।’

अधिकांश क्रसरलाई केही दिनको अल्टिमेटम समेत दिइएको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा हाल २३ वटा क्रसर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्