Wednesday 19th of February 2020

सिसडोलको फोहोरका नाममा १ लाख ५५ हजारको खाजा र खाना

काठमाडाैं । फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडाैं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटकपटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् ।

यस्ता भ्रमणको उपलब्धि भने शून्य छ । भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा आउँदा महानगरकै सवारी प्रयोग हुने गरेको छ ।

इन्धन खर्च मेकानिकल शाखाले व्यहोर्ने महानगरले जनाएको छ । कार्यभार सम्हालेको दुई महिनामा महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ मात्रै ५ पटक सिसडोल गइसकेका छन् । कहिले जनप्रतिनिधि त कहिले प्राविधिक टोली लिएर गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्