Sunday 25th of August 2019

एनसेलको गेटमा बम बिष्फोटमा परी घाइते एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्